Gokarna Help 6काठमाडौ। बौद्धिक अपाङ्ग भएका बाल–बालिकाहरुलाई काठमाडौको विजेश्वरी स्थित बगलामुखी महिला बचत कोषले मुठ्ठी दानवाट संकलन गरेको रकमवाट सहयोग गरेको छ। गोकर्णस्थित गोकर्ण नगरपालिका वडा नंबर ४ भैरबचौरस्थित स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुलाई सहयोग गरेको हो।

Gokarna Help 3आवश्यक लुगाफाटो तथा खाद्यान सामाग्री ती बाल–बालिकालाई सहयोग स्वरुप उपलव्ध गराएको बगलामुखी बचत कोषकी प्रमुख सुनिता कायस्थले भनेकी छन्। नयाँ लुगा पाउंदा बौद्धिक अपाङ्गता भएका बाल–बालिकामा खुशीको लहर छाएको थियो। साथमा मिठा खानेकुरा पनि पाउंदा उनीहरु दंग नै परेका थिए। मानौ उनीहरुमा दशैं आएको महशुश भएको थियो।

Gokarna Help 2कार्यक्रममा बगलामुखी महिला बचत कोषको अलावा परिमल बहुउदे्श्यीय सहकारी संस्थाका प्रमुख रणदेव कृष्ण श्रेष्ठ तथा भ्याली ट्रष्ट फण्ड नेपालका अध्यक्ष माइला महर्जनको समेत सहयोग कार्यक्रममा योगदान रहेको बताइएको छ।

Gokarna Help 4स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठको व्यक्तिगत तथा स्थानीय प्रयासवाट संचालित बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुको स्याहार तथा संरक्षणमा यसप्रकारको सहयोगवाट राहत पुग्न गएको बरिष्ठ सामाजिक अभियन्ता लक्ष्मी नारायण सुवालले बताएका छन्। उचित आहार, विहार तथा विचारका प्रणेता समेत रहेका अभियन्ता सुवालले यसप्रकारको सामाजिक सेवा नितान्त सवैको प्रेरणादायी रहेको र सवैले यसरी नै सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए।

Gokarna Help 9अन्तरव्यक्ति संचारका अभियन्ता धर्मराज बज्राचार्यले एकभन्दा बढीले एकसाथ मिलाएर दिएको दान महादान नै भएको कुरा उल्लेख गर्दै उक्त कार्यक्रम नितान्त महादान कार्यक्रम नै भएको दावी गरे।

Gokarna Help 7स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठले आफ्नो संस्था बौद्धिक अपाङ्गता भएका बाल–बालिकाको संरक्षण र स्याहारमा आफूलाई कठिनाइ भैरहेको बर्तमान अवस्थामा सामाजिक अगुवाहरुको यसप्रकारको सहयोगले केही हदसम्म भएपनि राहत पुग्न गएको भनेकी छन्।

Gokarna Help 1

Gokarna Help 5प्रकाशन मिति–२०७४ साल भाद्र १५ गते विहीवार ।