काठमाडौं। गोकेर्णेश्वर नगरपालिकाका लोकप्रिय उपमेयर शान्ति नेपालको विवाह भएको ३८ बर्ष पुगेको छ। व्दारिकानाथ नेपालसंग मागी विवाह गरेकी उपमेयर नेपालको आज असार १३ गतेवाट विवाहको ३८ बर्ष पुगेको हो।

विवाहको ३८ बर्ष पुगेको अवसरमा तन्नेरी जोशमा उपमेयर शान्ति नेपाललाई ‘ए बूढी, हाम्रो आज ३८ औं बर्षगाठ रहेछ नी, त्यो उपलक्ष्यमा एक चुम्मा है !’ भनेर श्रीमान व्दारिकानाथ नेपालले फेसबुक स्टाटसमा दिएको बधाई तथा शुभकामना प्रेम, माया अनि स्नेहको प्रतिकको रुपमा देखिएको छ।

नगरपालिकाको कार्यमा अत्यन्त व्यस्त बनिरहेकी जनप्रतिनिधि भएको कारण आफ्नो विवाहको बर्षगाठ नै थाहा नपाएको र भिजन संसार डटकमले भिनाजुले फेसबुकमा यसो लेखेको छ भनेर सम्झाएपछि हो त नि भनेर उपमेयर नेपाल खुशी बनेकी छन्। अनि विसं.२०३९ साल असार १३ गते विवाह गरेको त्यो क्षणलाई उपमेयर नेपालले फ्लांस ब्याँकमा पुगेर संझेकी छन्।

स्वास्थ्य मन्त्रालयमा कार्यरत पूर्व निजामती कर्मचारी तथा हाल गोकर्ण मन्दिर संरक्षण समितिमा रहेर सामाजिक सेवारत व्दारिकानाथ नेपालको उक्त स्टाटसले आफ्नो जीवन संगीनीप्रतिको प्यार तथा समर्पणलाई इंगित गर्ने कार्य भएको छ। जुन सवैको लागि प्रेरक विषय वनेको छ।


प्रकाशन मिति–२०७७ साल असार १३ गते शनिवार ।