काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आज आइतवार विधिवत शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीवाट उदघाटन पश्चात शुभारम्भ भएको हो।

कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल, गोरखा नगरपालिकाका उपमेयर श्री विना कुमारी श्रेष्ठ, प्राइम कमर्सियल बैंकका सञ्चालक नवराज बजगांई, नेपालब्रोकर एसोसिएसनका अध्यक्ष प्रिय राज रेग्मी, गोरखा जिल्लाको स्वास्थ्यक्षेत्रमा अतुलनिय सेवा पुर्याउने मोरिट मोडुलर, समाजसेवी दिल वहादुर वस्नेतले लगायतले साधना लघुवित्त वित्तीय संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेल स्वागत मन्तब्यमा वित्तीय संस्थाको पृष्ठभूमि र भावीयोजनाको वारेमा जानकारी दिएका थिए। समुद्घाटन कार्यक्रम वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण वहादुर थापाको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठप्रवन्धक सरिता ढकालले गरेकी थिइन्।
प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।