गजल

–प्रज्ज्वल घिमिरे
आऊ सवै नेपाली साथमा बसेर गरौं मन दुःखेको कुरा
सम्झेर हाम्र्रो मुटु सुस्ता कालापानी लिपुलेक अनि लिम्पियाधुरा !!

हामी संसारभरिका सवैलाई आफ्नो ठान्थ्यौं
तर घाइते बनायो छिमेकीले पछाडिवाट चलाएर छुरा !!

दुःख पाएपनि हामी हांसीखुशी बाँचेका छौ
नेपाल आमाकी सन्तान हामी होइनौ टुहुरा !!

हाम्रो सदासयताको फाइदा उठाइ दक्षिणले असाध्यै हेप्यो
गोरखाली इतिहास विर्सेर संझी हामीलाई भुरा !!

छोड्दैनौ हाम्रो माटो छिनी अत्याचार गर्नेलाई
वीरता हाम्रो रगतमा छ लगाएर नाडीमा चुरा !!

बागडोल, ललितपुर, नेपाल।
प्रकाशन मिति–२०७७ साल जेठ १० गते शनिवार ।