Gorkhaकाठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा मतदान डेढ घण्टामा नै संपन्न भएको निर्वाचन आयोगले जनाएको छ। सो केन्द्रमा ७१ जना मतदाता थिए भने ७० जनाले मतदान गरेका छन्। बिहान ८.४५ बजे नै मतदान संपन्न भएको हो। साम्दोको मतपेटिका सिलवन्दी गरेर सामागाउँमा पठाइसकेको छ ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।