Gorkhaland Andolanकाठमाडौ। भारतमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १ सय ५ पाँच दिनपछि फिर्ता भएको छ।

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आमहड्ताल बुधवार फिर्ता लिएको हो।

गृहमन्त्री सिंहले दशैपछि त्रिपक्षीय वार्ताको वातावरण बनाउने आश्वासन दिएपछि अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताएका छन्। बन्द खुलेपछि बुधबार विहानै देखि दार्जिलिङ, मिरिक, खरसाङ, कालेबुङको जनजिवन सामान्य बनेको छ।

प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।