Swojan's Song Hero 2काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी हिरो पनि बनेका छन्।

भ्यालेन्टाइन–डेको अवसरमा रिलिज भएको लिक्क च्वना प्याखं स्वस् वने नु ले मैंचा बोलको नेपालभाषाको गीतको म्युजिक भिडियोमा डान्सर रघुबंशी हिरो बनेका हुन्। जसमा रघुबंशीको भ्यालेन्टाइन हिरोइनको रोलमा मेनुका श्रेष्ठले अभिनय गरेकी छन्।

Swojan's Song Hero 1रोजा अवाले, निकी बज्राचार्य र विनिता महर्जनले पनि स्वजन तथा मेनुकाको अभिनयमा साथ दिएका छन्। शिवराज जोशी र रत्नशोभा महर्जनको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन सुनिता राजभण्डारीले गरेकी छन्। निर्माण प्लानेट इन्टरटेन्टमेन्टको रहेको छ।

Swojan's Song Hero 3प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।