ललितपुर। प्रत्येक बर्ष गरिदै आएको गोल्डेन डायमण्ड ज्वेलरी मेला यो बर्ष पनि हुने भएको छ। यो बर्ष १ सय ८ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा गरिन लागेको हो।

Photo By Ratna Man

आयोजक गोल्डेन डाइमण्ड एण्ड ज्वेलरी, हःखा टोल ललितपुरका अध्यक्ष ज्ञानराज शाक्यका अनुसार मेला यही फाल्गुण २३ गतेदेखि २७ गतेसम्म चार दिन हुने भएको छ। आजको नारी परिवर्तनकारी, लगाउंछिन्–गोल्डेन डायमण्ड ज्वेलरी नाराकासाथ भव्य मेला हुने अध्यक्ष शाक्यले भनेका छन्।

मेलामा नयां तथा आकर्षक सुन तथा हिराका गहनाहरु प्रदर्शनीमा राखिने भएको छ। मेला अवधिरभर सुनचाँदी तथा हिराका पारखीहरुको अभूतपूर्व जमघट हुने र आधुनिक तथा परम्परागत शैली र मिश्रित एवं नविनतम डिजाइनका गरगहनाहरु प्रदर्शन तथा विक्रीका लागि राखिने आयोजक गोल्डेन डाइमण्ड ज्वेलरीले जनाएको छ।

नगद २० हजार र त्यसभन्दा माथिको खरिद प्रत्येकमा छुट तथा हात खाली नजाने गिफ्ट दिइने पनि भनिएको छ। मेलाको अन्तिम दिन एकजनालाई लक्की ड्र गरेर विशेष पुरस्कार दिइने पनि घोषणा गरिएको छ। शताब्दी पुरुष डा.सत्यमोहन जोशीवाट उदघाटन हुने मेला ललितपुरको मंगलबजार हःखा टोलको बुद्ध मन्दिरमा हुने भएको छ।

मेलामा चार जना प्रतिष्ठित नारीहरुलाई सम्मान गरिने कार्यक्रम राखिएतापनि त्यसलाई आयोजकले हाललाई गोप्य नै राखिएको छ। फागुण २३ गते उदघाटनकै दिन खुलासा गरिने भएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन १९ गते शनिवार ।