–निशान बुढाथोकी
काठमाडौं। ग्रामिण महिलाको आवाज बुलन्द गर्दैआएको सामाजिक संस्था महिला शक्ति विकास केन्द्र नेपालको १५ औं साधारण सभा संपन्न भएको छ। शनिवार काठमाडौंको होटेल होलिडे रिजेण्सी, ठमेलमा महिला शक्ति विकास केन्द्र नेपालको १५ औं साधारण सभा संपन्न भएको हो।

कार्यक्रमको उदघाटन कार्य समितिका अध्यक्ष रीता घिमिरेले पानसमा दीप प्रज्ज्वलन गरेर गरेकी थिइन्। स्वागत मन्तव्य कार्य समिति सदस्य इन्दिरा फुयाँलले गरेकी थिइन्। सदस्य फुयाँलले कुनै समय महिलाहरु घर भित्रको काममा मात्र सिमित भएको र आफ्नो खर्चको लागि पनि घरमा अभिभावकको मुख ताक्नु पर्ने अवस्थामा अहिले महिलाहरु आफै सक्षम भएको बताइन्।

कार्य समिति सचिव चिजा गुरुङले कार्यक्रमको एजेण्डा प्रस्तुत गर्दै वार्षिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस्तै कोषाध्यक्ष विणा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुती तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सभापतित्व अध्यक्ष रीता घिमिरेको सभापतित्वमा भएको थियो। अध्यक्ष घिमिरेले संस्थाको बारेमा जानकारी दिदै समग्र महिला एक हुनुपर्नेमा जोड दिएकी थिइन्।

महिला शक्ति विकास केन्द्र नेपाल, ग्रामिण महिलाहरुको नेतृत्व विकासमा सहयोग पुर्याउनुका साथै सरकारी तथा गैह्सरकारी निकायहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउन महिलाहरुलाई अग्रसर गराउने उद्धेश्यले स्थापना भएको गैह् सरकारी संस्था हो।

 

यो संस्था वि.सं २०६४ साल फाल्गुन १३ गते काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भई तथा समाज कल्याण परिषद्मा आबद्ध भई नेपालका विभिन्न जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरुमा स्थानिय सरकार र सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै स्थानिय महिलाहरुको नेतृत्व सक्षमता विकास गर्न सहयोग पुग्ने सम्बन्धित क्रियाकलापहरु संचालन गर्दै आएको छ।

यसका साथै संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, निति नियममा भएको संशोधन समेतलाई अनुसरण गर्दै आफ्नो दुरदष्ट्रिलाई समेत मध्यनजर तथा हेरफेर गर्दै कार्य प्रणाली र प्रक्रियामा हेरफेर गरी समय सापेक्ष कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। संस्थाले महिलाहरुको सक्षमता विकासमा जोड दिदै सामाजिक, आर्थिक सामाजिक–राजनितिक सशक्तिकरणलाई मुख्य आधारमा राखेर यस क्षेत्रमा समेत महिलाहरुको सशक्रिकरणलाई मुख्य आधारमा राखेर यस क्षेत्रमा समेत महिलाहरुको सशक्तिकरण, संलग्नता र सहभागिताका लागि क्रियाकलाप संचालन गर्दै आएको छ।

विशेष गरी समृद्ध, मर्यादित र वातावरण मैत्री समाज, जहाँ हरेक नागरिक प्रति समतामूलक व्यवहार गरिने परिकल्पना रहेको छ । ग्रामिण महिलाहरुको सक्षमता विकास गर्दै निर्णायात्मक तहमा समावेशी सहभागिता र नेतृत्व प्रवद्र्धन गर्ने, ग्रामिण महिलाहरुको संगठनको संस्थागत विकास गर्दै स्थानिय समुदायमा भएका सकारात्मक परिवर्तनहरुलाई निरन्तरता दिने र दिगोपना ल्याउने, त्यस्तै ग्रामिण महिला माथि जलवायु परिवर्तनले पार्ने असर बारे समुदायलाई सुसूचित गरी महिलाहरुलाई त्यसको असरसंग जुध्न सक्ने क्षमता विकास गर्ने मुख्य ध्येय रहेको छ।
संस्थाको मुख्य कार्यालय महाराजमा अवस्थित छ।

संस्थाले हाल नेपालका १२ जिल्लाका १५ नगरपालिकाका र १८ गाउँपालिकाका क्रमशः २२-२२ वडामा ग्रामिण महिला नेतृत्व विकास कार्यक्रम संचालन गरिरहेको छ । साथै संस्थाले जिल्लाका ६ जिल्लाबाट रेडियो कार्यक्रम महिला आवाज समेत संचालन गर्दै आइरहेको छ । कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापनका लागि हाल संस्थामा आंशिक र पूर्ण गरी जम्मा ६३ जना कर्मचारीहरु कार्यरत छन्।

जसमा आंशिक रुपमा ५ रेडियो कार्यक्रम रिर्पोट संकलक, १ संचार अधिकृत, १ वित्तिय कन्सल्टेन्ट, १ कार्यालय सहयोगी र पूर्ण रुपमा ४२ कोर लिडर, ४ क्षेत्रिय संयोजक, ४ जिल्ला संयोजक, १ कार्यकारी निर्दैशक, १ वित्तिय तथा प्रशासन अधिकृत, २ कार्यक्रम अधिकृत र १ वित्तिय तथा प्रशासन सहायक रहेका छन्।
प्रकाशन मिति–२०७९ साल भाद्र २७ गते सोमवार ।