काठमाडौ। अमेरिकामा एकजना चर्चित गायकलाई सेक्समा गरिएको गल्तीका कारण निकै महंगो मूल्य चुकाउनु परेको छ। सोही गल्तीको कारण उनले ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख नेपाली रुपैयाँ जरिवाना तिर्नु परेको छ। विश्वको ख्यातिप्राप्त म्युजिक अवार्ड ग्रामी अवार्डमा आठ पटक विजेता बनिसकेका चर्चित गायक अशरलाई उक्त जरिवाना तिराएको बीबीसीको समाचारमा उल्लेख गरेको छ।

Grami Award Winner American Singer Ashar
Grami Award Winner American Singer Ashar

अशरले एक महिलासँग यौन संपर्क गर्ने क्रममा त्यस महिलालाई रोग सारेको प्रमाणित भएपछि उक्त भारी रकम जरिवाना तिर्नुपरेको हो। रेडार अनलाइनले उक्त विषयमा अदालतबाट चुहिएका केही कागजातहरु समेत प्रकाशित गरेको छ। जस अनुसार गायक अशरलाई सन् २००९–१० तिर यौन संक्रामक रोगको संक्रमण भएको रहेछ।

यौनांगमा हर्पेस भाइरसबाट संक्रमित अशरले एक महिलासँग यौन सम्पर्क गर्ने क्रममा उक्त रोग महिलामा सारेका हुन्। नाम खुलासा नगर्ने शर्तमा ती पीडित महिलाले अशरसंगको यौनसंपर्क पछि उनीमा स्वास्थ्य समस्या सुरु भयो र जाँच गर्दा यौन रोग भएको पत्ता लाग्यो, जसका कारण उनी डिप्रेसनमा फसिन्। गायक अशरले ती महिलासँग असुरक्षित यौन सम्पर्क गरेर भाइरस सारेको बताइएको छ।

गायक अशरले उक्त घटनाबाट आफू त्रसित हुनुका साथै लज्जित पनि भएको अनौपचारिक रुपमा बताएका छन् । अशरको वास्तविक नाम अशर रेमन्ड चतुर्थ हो। उनी ती महिलासँग सन् २०११ र २०१२ मा डेटिङमा मस्त थिए। सोही क्रममा उनले आफ्नोे यौनांगको पुरानो रोगको संक्रमण त्यस महिलामा सारेका रहेछन्।
प्रकाशन मिति–२०७४ साल साउन १४ गते शनिवार ।