काठमाडौं। नेपालमा साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशन मिति–२०७९ साल भाद्र ३१ गते शुक्रवार ।