काठमाडौं। गुठी विधेयक खारेजीको व्यापक माग भएको छ। काठमाडौं उपत्यकावासीले राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयकको खारेजीको माग गर्दै दिनानुदिन विरोध प्रदर्शन गर्ने कार्य भएको छ।

शनिवार साँझ त उपत्यकावासी काठमाडौंको लगन टोल स्थित यङ्गाल चोकमा जम्मा भएर घण्टी, डमरु, सिट्टी र भुस्याः बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए। घण्टी, डमरु, सिट्टी र भुस्याः बजाउंदै सरकारलाई गुठी विधेयक खारेज गर्न सचेत गराउंदै काठमाडौंका गल्ली–गल्ली तथा सडकहरुमा उक्त विरोध प्रदर्शन गर्ने कार्य भएको छ।

स्वतःस्फुर्त ढंगवाट उत्रिएको उपत्यकावासीको यो विरोध कार्यक्रमलाई सर्वसाधारण सवैले समर्थन गरेको पाइएको छ। सरकारले गुठी विधेयक खारेज नगरेमा अझ कडा कार्यक्रम ल्याउने उपत्यकावासीले निर्णय गरिसकेको छ।

Photo By-Nepal Samacharpatra
प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।