काठमाडौ। कुनैबेला गायिका रेखा शाहले सिमसिमे पानीमा ज्यानले बेइमान गर्लाकि जिन्दगानी बोलको गीत गाएर अत्यन्त चर्चामा आएकी थिइन्। सोही चर्चावाट चुलेर हालसम्म गायनमा तहल्का मच्चाइरहेकी गायिका रेखा शाहको त्यो गीतको भाकामा अलि फरक पारेर गाउने एक गायिकाको चर्चा चल्न थालेको छ। त्यो गायिकाको नाम हो–पार्वती तिमिल्सिना।

पार्वती तिमिल्सिनाको गायन रहेको पहिलो लोकदोहरी गीत सिमसिमे पानीले मेरो पछ्यौरी भिजायो हो। यो गीतमा पार्वतीलाई सघाउने गायक टंकप्रसाद जोशी हुन भने यस गीतको संकलक पनि जोशी नै भएको नेपालका बरिष्ठ संचारकर्मी तथा अग्रज गीतकार भरत बमजनले भिजन संसारलाई भनेका छन्।

बमजनका अनुसार, पार्वतीको गुरु संगीतकार रेखा पौडेल हुन्। रेखा पौडेलकै प्रत्यक्ष निगरानी तथा प्रशिक्षणमा मनको चाहना नामक सीडी एल्बम चाँडै बजारमा ल्याउने तयारीमा पार्वती रहकेी छन्। लोक तथा आधुनिक गरेर दुई दर्जन गीत गाइसकेकी पार्वती घरकी कान्छी अनि पुलपुलेकी छोरी हुन्। सानैदेखिको गीत–संगीतप्रतिको मोहले नै गायिका बनेको उनको भनाई रहेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।