काठमाडौं। सयौं एक से एक प्रतिष्ठित कलाकार जन्माउन सफल मेरी बाँस्सैका संस्थापक निर्देशक तथा अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री भएको छ।

मेरी बाँस्सैको पहिलो भाग देखि ८० भागसम्म निरन्तर अभिनय र निर्देशन गरेर त्यसपछि छुट्टिएका अभिनेता रुपाखेतीले १६ बर्षपछि ६६३ भागवाट रि–इन्ट्री पाएको हो। रुपाखेतीको रि–इन्ट्री भएयता दशभाग सफलता पूर्वक निर्देशन गरेर ६७३ भाग पनि प्रसारण भैसकेको छ।

रुपाखेतीको रि–इन्ट्री पश्चातको दशभागमा फेरि घरज्वाईको क्यारेक्टरले नयाँ मोड पाएको छ। घरज्वाई क्यारेक्टरमा जमेका रुपाखेतीको अब्बल दर्जाको अभिनय तथा निर्देशनले फेरि मेरी बाँस्सै हांस्य सिरियलले अग्रता पाएको छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक ५ गते बुधवार ।