वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे

काठमाडौ। वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेलाई चावहिलस्थित अम्बे अपार्टमेन्टबाट बुधबार अपरान्ह अख्तियारको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

मंगलबार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँसहित पक्राउ गरेपछि उनीहरुको वयानका आधारमा पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि अख्तियारको हिरासतमा राखिएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २९ गते बुधवार ।