काठमाडौं। घोरिवाला मार्टले हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा स्टल नम्बर १३२ मा रहेको घोरिवाला मार्टले हरेक सामानको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरेको हो।

विगत ४५ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ।

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा अवलोकनमा आउने ग्राहकको सन्तुष्टी नै आफूहरूको चाहना भएको निर्देशक विनय घोरिवाला बताउँछन्। मेलामा आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादन ता सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । मेला तीन दिनसम्म चल्नेछ।
प्रकाशन मिति–२०७९ साल भाद्र ३१ गते शुक्रवार ।