काठमाडौं। स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष तथा सामाजिक अभियन्ता शिवहरि खनालको विशेष दखल र रुचि कलाकारितामा रहेको छ। कलाकारिता शिवहरिको रगतमा नै रहेको छ।

कुनैवेला चलचित्र चक्कर लगायत दर्जनौ चलचित्रमा अभिनय गरेका शिवहरिलाई हिजोआज गायनमा अत्यन्त रुचि बढे्को छ। व्यावसायिक गायक नभएतापनि सानैदेखि गीत गाउने स्वभावले जारी लकडाउनमा अझ गायनमा रुचि बढे्को भिजन संसार डटकमसंगको कुराकानीमा बताउंछन्।

रोएर बस्नुभन्दा गाएर रमाउनु पर्दछ भन्ने विचारकाधनी व्यक्तित्व शिवहरिको गायनमा जीवनसंगीनी सावित्री खनालले पनि खुलेर साथ दिदैआएकी छन्। शिवहरिले गाउंदा त्यो गीतमा नाचेर भएपनि साथ दिने कार्य आफूले गर्दैआएको जानकारी राजनीतिक नेतृ समेत रहेकी सावित्री खनालले भनेकी छन्।

नेपालको नंबर एक नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले लकडाउनमा उपयोगिता बढाउन गरेको साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ मा समेत गीत गाएरै प्रतियोगी बनेका शिवहरि यो समयानुकुल प्रतियोगिता भएको प्रतिक्रिया व्यक्त गर्छन्। यस प्रतियोगिताले धेरैलाई बिजी बनाएको र आफूभित्रको प्रतिभा प्रस्फुटन गराउनमा मदत गरेको भनेका छन्।

प्रकाशन मिति–२०७७ साल जेठ ५ गते सोमवार ।