काठमाडौं। नेपाली चलचित्रका चक्लेटी हिरोको रुपमा निक्कै ख्याति कमाएका आर्यन सिग्देल पनि अव पिता बन्ने भएका छन्। नायक सिग्देल आउंदो नयाँ बर्ष २०७६ सालको बैशाख महिनामा पिता बन्ने भएको हो।

आर्यनको पाँच बर्षअघि सपना भण्डारीसंग विवाह भएको थियो। विवाह भएको पाँच बर्षपछि पिता बन्न लागेका आर्यन निक्कै रोमान्टिक बनेका छन्। खुशी व्यक्त गर्न सपना र आर्यन दुवैले फोटो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन्।

गर्भवती पत्नी सपना बढ्दो पेटलाई सुमसुम्याउने देखि चुम्बन गर्ने लगायतका रोमान्टिक कार्य आर्यनले फोटोमा गरेका छन्। सेलिब्रेटीहरुले पछिसम्म सम्झना गर्नका लागि गर्भाधानको बेलाको फोटो खिच्ने र खिचाउने कार्य हलिउड तथा बलिउडका सेलिब्रेटीहरुले गर्दैआएको पाइन्छ।

त्यसको सिको नेपाली सेलिब्रेटीहरुवाट पनि भएको छ। रिचा घिमिरे, सञ्चिता लुइंटेल, क्षितिजा शाक्य लगायतका अभिनेत्रीहरुले यसप्रकारका फोटोहरु खिचेर यसअघि नै नयाँपन दिइसकेका छन्।


प्रकाशन मिति–२०७५ साल फागुन २९ गते बुधवार ।