Pujana Pradhan choclate

काठमाडौ। नेपाली फिल्म इण्डष्ट्रीमा हट हिरोइनको दर्जा पाएकी अभिनेत्री पूजना प्रधानले निर्माण गरेको चलचित्र चक्लेट चलेन । अघिल्लो हप्ताको शुक्रबार अलनेपाल रिलिज गरिएको प्रधान निर्मित चलचित्र चक्लेट नचलेको आधिकारिक स्वीकार उनी आफैले गरेकी छन्। चक्लेट नचलेपछि उनी तनाबै तनाबमा रहेकी छन्।

 

Chocalate filmतनाबमा रहेकी उनले नेपाली चलचित्रका दर्शकले राम्रो कथा भएको राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्दो रहेछ भन्दै मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाएपनि तपाईहरुको साथ नपाएकोले चलचित्र चक्लेट नचलेको रोष प्रकट गर्ने कार्य फेसबुक मार्फत गरेकी छन्।

चलचित्र नचलेको झोकमा मंगलवारवाट फेसबुक पनि नचलाउने घोषणा पनि उनले गरेकी छन्। सडक बालबालिकाको कथामा आधारित चलचित्र चक्लेट तुलनात्मक रुपमा चलचित्र कवडी कवडी जतिको चल्न नसकेपछि अभिनेत्री प्रधानले नेपाली चलचित्रका दर्शकलाई फेसबुकमार्फत रोष प्रकट गर्ने कार्य  भएको छ। चलचित्र चक्लेटको निर्देशन गैडा उपनाम पाएका अभिनेता निर्मल शर्माले गरेका हुन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २२ गते मंगलबार ।