काठमाडौ। विश्वलाई चकित पार्दै नेपालका दुई फरक धारका शक्तिशाली कम्युनिष्ट पार्टी एक भएको उपलक्ष्यमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चक्लेट बाँडे्का छन्। नेकपा एमाल र नेकपा माओवादी केन्द्र वीच एकता भएको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले नयाँ बानेश्वर स्थित संसद भवनमा उक्त चक्लेट बाँडे्का हुन्।

ओलीको चक्लेट पाउने पहिलो नेतामा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। त्यसपछि क्रमिक रुपमा सवैलाई चक्लेट बाँड्ेर खुशीयाली व्यक्त गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै हटाइने बताएका छन्।

‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ।’

ओलीले १९५० को सन्धि संशोधन गर्न भारत सहमत भइसकेकाले नेपाल–भारतबीच अब नयाँ खाले सम्बन्ध अगाडि बढ्ने अवस्थामा पुगेको जानकारी दिए । ओलीले दुई देशबीचका पछिल्ला सहमति कार्यान्वयन हुँदै जाने पनि स्पष्ट पारे । विसं.२०६५ भदौमा कोसीमा आएको बाढीले सयौं व्यक्तिको मृत्यु र लाखौं हेक्टर जमिन डुबानमा पारेपछि उद्धार र राहतका लागि भारतले विराटनगरमा फिल्ड अफिस राखेको थियो । त्यो अफिस अहिलेसम्म हटाइएको छैन।

प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए। ओलीले आफू अबको एक महिनाभित्र उत्तरी छिमेकी चीन भ्रमणमा जाने पनि बताएका छन्। ओलीले दिएको चक्लेट खाँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण गरेपछि विश्व नै आश्चर्यचकित भएको बताए ।

प्रकाशन मिति–२०७५ साल जेठ ६ गते आइतवार ।