काठमाडौं। अग्रज नेपाली लोक गायिका चन्द्रकला शाह पुरस्कृत बनेकी छन्। गायिका शाह कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार २०७८ वाट पुरस्कृत वनेकी हुन्।

नेपाली संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएकी गायिका शाहलाई मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली संगीतरत्न संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका छन् ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अबसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए । उनी काठमाडौं आएको बेला सो पुरस्कार गायिका शाहलाई प्रदान गरिएको जानकारी कार्यक्रम संयोजक माधव खरेलले भिजन संसार डटकमलाई दिएका छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक ३० गते मंगलवार ।