KP Oli in Chandragiri 1काठमाडौ। दुई हप्ता थाइल्याण्डमा उपचार तथा आराम पछि नेपाल फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौको पहिलो केवल कार चन्द्रागिरीमा एमाले दलबलका साथमा बुधवार पुगेका छन्।

KP Oli in Chandragiri 2नेकपा एमालेका शीर्ष नेताहरुका साथमा चन्द्रागिरी केवल कारको अवलोकन भ्रमण तथा रिफ्रेस हुन पुगेका ओलीले त्यहाँ चार घण्टा विताएका थिए। विहान पौने १० बजे पुगेका ओली दिउंसो २ बजे मात्र फर्केका थिए।

ओलीले नेपाल पर्यटन बोर्डको घुमफिर बर्ष प्रवद्र्धनको लागि पार्टीको पर्यटन इलाका कमिटीले चन्द्रागिरी डाँडामा आयोजना गरेको कार्यक्रममा पत्नी राधिका शाक्य सहित शीर्ष नेताहरुले सहभागिता जनाएका थिए। चन्द्रागिरीमा नै रहेको भालेश्वर मन्दिरको दर्शन पनि गरेका ओलीले भालेश्वर महादेवसंग भने कुनै बर नमागेको बताए।

KP Oli in Chandragiri 3ग्लोबल आइएमई बैकका मालिक चन्द्र ढकालको चन्द्रागिरी हिल्स प्रा.लि.ले ४ अर्बभन्दा बढीको लगानीमा चन्द्रागिरी केवल कारको निर्माण गरेको बताइएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।