काठमाडौं। चमत्कारिक नायक श्रीदेव भट्टराई अभिनित नयाँ गीतको बोल नै एक्सिडेन्ट भयो न्यूरोडमा रहेको छ। यो गीतको भिडियोको छायाँकन काठमाडौंको चोभार लगायतका स्थानमा मंगलवार गजबले भयो।

यो गीतको भिडियोमा अभिनय गर्दा नायक भट्टराई यो पुषको चिस्सोमा पनि मज्जाले तातिएको अग्रज संचारकर्मी भरत बमजनको जिकिर रहेको छ।

गायिका इन्दिरा भट्टराईको गायन रहेको यस गीतको भिडियोमा नायक भट्टराईको साथमा नायिका एलिसा राईको बेजोड अभिनय रहेको छ।

शव्द तथा संगीत लालबहादुर सुव्वाको रहेको यस गीतको भिडियोको निर्देशन ज्ञानेन्द्र शर्माले गरेका हुन्।
चांडै नै युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज हुने नायक भट्टराईले भिजन संसार डटकमलाई भनेका छन्।


प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।