Vetran Artist Mr Hira Lal Dangol and His Art.
Vetran Artist Mr Hira Lal Dangol and His Art.

काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। मंगलवार काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत डब्लुएस पेरेराले कलाकार डंगोलको बर्डस् अफ नेपाल नामक चित्रकला प्रदर्शनी उद्घाटन गरेकी छन्।

hira-lal-dangol-and-his-art-6

मंगलवारवाट १० दिन प्रदर्शनी हुने बर्डस् अफ नेपालमा ९५ चराचुरुङ्गीका चित्र रहेका छन्। जसमा कलाकार डंगोलका दुई छोरा पुष्पलाल डंगोल, ईश्वर डंगोल र दुई छोरी मीना डंगोल, प्रतिमा डंगोलका केही चरामय चित्र पनि प्रदर्शनीमा राखिएको छ। ७७ बर्षिय कलाकार डंगोल सानैदेखि चित्र कोर्न तल्लीन बन्दै चित्रमा नै जीवन देखेका कलाकार हुन्।

hira-lal-dangol-and-his-art-3

जसले जर्मनका कलाकार एलेक्स मानवाट चित्रकलामा प्रशिक्षण पाएका थिए। त्यसको लगतै नेपालका प्रसिद्ध कलाकार लैनसिं वाङ्गडेलवाट दुई बर्ष प्रशिक्षित बनेर चराचुरुङ्गी संवन्धी चित्रकलामा स्पेशलाइज गरेका उनले चराको चित्र लेख्न धेरै स्थानमा चराको अध्ययनको लागि गएको भिजन संसारसँगको कुराकानीमा भनेका छन्।

hira-lal-dangol-and-his-art-5

पोखरावाट माछापुच्छ्र्रे हिमालको फेदसम्म पुगेर चराचुरुङ्गीको अध्ययन गरेर चित्र लेखेको बताउने कलाकार डंगोल चराचुरुङ्गी संवन्धी चित्र लेख्ने विश्वप्रसिद्ध नेपाली कलाकार हुन्। जसका चराका चित्रहरु विश्वका सवै स्थानमा पुगेका छन्।

hira-lal-dangol-and-his-art-4

यिनै कलाकार डंगोलको चित्रकला प्रदर्शनीमा नेपालका अग्रज व्यक्तित्व तथा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले कलाकार डंगोल चराचुरुङ्गीहरुको रुपसौन्दर्य र आकृतिलाई कलाको माध्यमवाट सजीवता दर्शाउन सिद्धहस्त कलाकार भएको प्रतिक्रिया व्यक्त गरेका छन्।

hira-lal-dangol-and-his-art-2hira-lal-dangol-and-his-art-1प्रकाशन मिति–२०७३ साल पुस २० गते बुधवार ।