काठमाडौं। चर्को चर्चामा रहेको राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक नेपाल सरकारले फिर्ता गरेको छ। चर्को जन–दबाब तथा जनताको तिब्र आक्रोसमा सरकार गुठी विधेयक फिर्ता गर्न बाँध्य बनेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न सिंहदरवार स्थित मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन्। विधेयकको सम्बन्धमा भ्रम सिर्जना गर्ने, उत्तेजित बनाउने, र वातावरण बिथोल्ने कोशिश भएको भन्दै मन्त्री अर्यालले सरोकारवालाहरुसँग छलफल र परामर्श गर्नका लागि विधेयक फिर्ता लिने निर्णय भएको बताएकी छन्।

तर, गुठी विधेयक सरोकारवाला तथा यस विरुद्ध स्वतःस्फूर्त आन्दोलन गर्दैआएका जनताहरु भने अझैपनि गुठी विधेयक फिर्तावाट चित्त भने बुझाएको पाइएको छैन्। विधेयक फिर्ता होइन, खारेज नै हुनुपर्ने धारणा उनीहरुको रहेको छ। खारेज गर्नैपर्ने अडानका साथ भोलि बुधवार काठमाडौंको माइतिघरस्थित मण्डलामा गरिने भनिएको विशाल जनप्रदर्शन यथावत नै राखिएको भनिएको छ। शान्तिपूर्ण जनप्रदर्शनवाट खारेजै गर्न जन दबाब दिइने बताइएको छ।
प्रकाशन मिति–२०७६ साल असार ३ गते मंगलवार ।