Tarkariwali M/S Kushum Shrestha-This picture bring to make celebraties. Photo By-Rupchandra Maharjan
Tarkariwali M/S Kushum Shrestha-This picture bring to make celebraties. Photo By-Rupchandra Maharjan

काठमाडौ। काठमाडौका रुपचन्द्र महर्जन काठमाडौ बाहिर जानेक्रममा धादिङ्ग पुग्दा धादिङ्गको फिस्लिङ्गमा खिचिएको तरकारीवाली कुसुम श्रेष्ठको फोटो हाल निक्कै भाइरल नै बनेको छ। भारतको विभिन्न पत्र–पत्रिकामा समेत यी तरकारीवाली कुसुमको मेहनती फोटोलाई विशेष स्थान दिएर प्रकाशित गरेको पाइएको छ।

tarkariwali-kushum-shrestha-2धादिङ्गको विकट भुम्लीचोक–८ की १८ बर्षिया कुसुम श्रेष्ठ तरकारी बोकेर धादिङ्गको फिस्लिङ्ग बजार आइपुगेको बेला रुपचन्द्र महर्जनलाई त्यो मेहनतीलो दृश्यले लोभ्याएकोले फोटो खिचेका थिए। जसलाई रुपचन्द्रले सामान्य ढंगवाट फेसवुकमा गत कात्तिक १२ गते पोष्ट गरेका थिए। जुन पोष्ट कात्तिक १५ गतेसम्म भाइरल नै बन्न पुग्यो। जुन कुरा कुसुमले आफ्नो फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि कात्तिक १५ गते नै ध्यालचोककी साथी अञ्जु रेग्मी मार्फत थाहा पाएकी थिइन्।

tarkariwali-kushum-shrestha-3

प्रारम्भमा डराएकी कुसुमले पछि यसलाई सहज रुपमा लिएकी छन्। फोटोको कारण सवैतिरवाट वाहवाही र प्रशंशा नै प्रशंशा आएपछि हौसिएकी कुसुम यतिखेर भने मक्खै परेकी छन्। पाएमा मोडलिङ्ग पनि गर्ने सोचमा रहेकी छन्। गतबर्ष एसएलसी उत्तिर्ण गरेकी कुसुम हाल चितवनस्थित किस्ट मोडल कलेजमा व्यवस्थापन विषयमा उच्चशिक्षा अध्ययन गरिरहेकी छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २० गते शनिवार । नेपाल संवत ११३७ कछला खस्ति ।