काठमाडौं। हंगकंगमा कार्यरत रहेका नेपालका चर्चित गायक तथा हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठ हजुरबुवा बनेका छन्। एक नातिनीको होइन, दुई नातिनी अर्थात जुम्ल्याहा नातिनीको उस्ताद श्रेष्ठ हजुरबुवा बनेका हुन्।

उस्ताद श्रेष्ठकी पत्नी हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानका अनुसार, उस्ताद श्रेष्ठको जुम्ल्याहा नातिनीको मिति २०७५ साल भदौ २७ गते बुधवार विहान १० बजेर १ मिनेटको अन्तरमा जुम्ल्याहा नातिनीहरुको भारतको मुम्बईमा जन्म भएको हो।

उस्ताद श्रेष्ठको छोरा विकल प्रधान साउण्ड इञ्जिनियर भएको कारण केही बर्षदेखि पत्नी जानकी प्रधानको साथमा भारतको मुम्बईमा नै कार्यरत रहेका छन्। भारतको मुम्बईवाट उस्ताद श्रेष्ठकी पत्नी रचना प्रधानले आफूहरुले दुई नातिनीहरुको नाम तोशानी र तपस्या पनि राखिसकेको भिजन संसार डटकमलाई बताएकी छन्।

तोशानी र तपस्या अनि उनीहरुका आमा जानकीको पनि स्वास्थ्य राम्रो भएको पनि प्रधानले भनेकी छन्। पहिलो पल्ट भगवानले एक होइन,दुई नातिनीहरु साक्षात लक्ष्मीको अवतारको रुपमा पठाउंदा अत्यन्त खुशी लागेको पनि उस्ताद पत्नी प्रधानले भनेकी छन्।

हंगकंगमा कार्य व्यस्तताले मुम्बई पुग्न नपाएका उस्ताद नागेन्द्र श्रेष्ठ पनि बडा राम्रो भएको र आफू अत्यन्त खुशी भएको भनेका छन्। नागेन्द्र पुत्र तथा बुहारी विकल–जानकी पनि जुम्ल्याहा सन्तानका कारण बडा खुशी छन्।
प्रकाशन मिति–२०७५ साल असोज ३ गते बुधवार।