काठमाडौ। युवा गीतकार सन्देश सोङमेन राईको विलकुलै नयाँ गीति–एल्वम विमोचन भएको छ। नेपालका ख्यातिप्राप्त संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा गीतकार राईको एल्वम शनिवार विमोचन भएको हो।


एल्वमको नाम समर्पित रहेको छ। सडक दुर्घटनामा परेर निधन भएका गीतकार राईको माइलो दाजुलाई समर्पित गरेर निकालिएको एल्वम भएको कारण एल्वमको नाम समर्पित राखिएको गीतका राईले भनेका छन्।

नेपालका ख्यातिप्राप्त गायक भुवन सुप्तिहाङ राईको परि सिने संगीत प्रा।लि।को आयोजनामा एल्बम समर्पितको विमोचन भएको हो।

विमोचित एल्वममा आलोकश्री, भुवन सुप्तिहाङ राई, चित्रलाल शर्मा र किरण माइकलको संगीत रहेको छ। कुमार कान्छा, राजेशपायल राई रामकृष्ण ढकाल, भुवन सुप्तिहाङ राई, नरेन्द्र प्यासी, सत्यकला राई, मल्लिका कार्की, जगदिश समाल, यम बराल र मिङ्मा शेर्पाको गायन रहेको छ। एल्बममा कुल ११ गीत संग्रहित रहेको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।