काठमाडौं। नेपाली टिकटक स्टारको रुपमा व्यापक नाम कमाउन सफल चलचित्रकर्मी सन्तोष पौडेल अभिनित पहिलो सन्देशमूलक तीज गीत सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली चलचित्र उद्योगमा मुख्य सहायक निर्देशक तथा अभिनेता भएर लामै अनुभव बटुलेका पौडेल अभिनित पहिलो सन्देशमूलक तीज गीत सार्वजनिक भएको हो।

टिकटकमा पत्नी पिडित पात्र बटुकजीको पात्रका रुपमा ख्याति कमाएका पौडेल अभिनित हजुरै हो बोलको बोलको गीत तीजको अवासरमा विश्वव्यापी सार्वजनिक गरिएको जानकारी पौडेलले दिएका छन्। फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको गीतको भिडियोमा बटुकजीको पत्नीका रुपमा टिकटिकमा हिट भएकी उनको वास्तविक जीवनसंगीनी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्।

डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भिडियोको निर्देशन डीआर सुजनले गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफी रहेको छ भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७९ साल साउन २ गते सोमवार ।