काठमाडौ। नेपाली राष्ट्रिय फुटवल टोलीका चर्चित स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको बुधवार राति नवलपरासी स्थितच घरमा प्रहरीले मृत अवस्थामा फेला पारेको छ। आमा बुटवल तथा दाजु विमल बेल्जियममा रहेको बेला घरमा एक्लै रहेकी मनिषाको मृत्युलाई प्रहरीको प्रारम्भिक अध्ययनवाट पुष्टि भएको छ।

Manisha-gharti-magar

घटनाक्रमले मनिषाको प्रेमी भनिएको आशिष चौधरी लगायत दुईजनालाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा लिइएको छ। मनिषाको प्रेमी भनिएको आशिष चौधरी स्ट्राइकर विमल घर्तीमगरको साथी रहेको बुझिएको छ। साथीको नाताले घर आवतजावतको क्रममा आशिषको मनिषासंग प्रेम भएको प्रहरीको अनुमान रहेको छ। प्रहरी हिरासतमा आशिषले पनि आफू मनिषाको प्रेमी भएको र मृत्यु भएको राति फेसवुकमा फोटो पोष्ट गरिएको विषयमा सामान्य झगडा भएको र उक्त राति मनिषाको घरअगाडि नै सुतेको बताएका छन्।

राति १० बजे मनिषाको कोठामा जाँदा सलमा झुण्डिएको पाइएको आशिषले प्रहरीलाई भनेका छन्। मनिषा झुण्डिएको सल आशिषको घरवाट बरामद भएवाट मनिषाको आशिषले नै हत्या गरिएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ। त्यसमाथि, आरोपी आशिष राति घरमा आउन आशिषलाई छाड्न अन्य तीनजना केटाहरुसमेत आएको आशिषकी आमाको बयानले पनि आशिष नै हत्यारा हो भन्ने प्रमाण दिलाएको छ। मनिषाकी आमा घर फर्कदा ढोका नलगाएको र विजुलीको मेन स्वीचअफ गरिएको अवस्थामा पाइएको थियो। घटना योजनावद्ध थियो या क्षणिक आवेग भन्ने कुरामा नवलपरासी प्रहरीले अध्ययन गरिरहेको छ।

मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौको महाराजगञ्जस्थित टिचिङ्ग अस्पताल ल्याइएको छ। हत्याअघि बलात्कार भए–नभएको पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरीले भनेको छ। मृतक मनिषाको दाजु विमल बहिनीको हत्याको खवरले अत्यन्त विछिप्त अवस्थामा बेल्जियमवाट नेपाल फर्कने क्रममा रहेको बताइएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।