yubraj-lama

काठमाडौ। बारा जिल्लाको निजगढमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। चर्चित बरिष्ठ चलचित्रकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव युवराज लामाले सञ्चालनमा ल्याएको तारा इनन् निजगढ नामक होटल निजगढकै पहिलो नमूना होटल हुन पुगेको छ।

tara-inn-nijagad-hotel-1

निजगढका स्थानिय बासिन्दा समेत रहेका चलचित्रकर्मी लामाले निजगढको पर्यटन विकासमा टेवा पुर्याउनको लागि उक्त होटल स्थापना गरेको बताएका छन्। करिब ४० लाख लगानीमा निर्मित होटलमा सर्वसम्पन्न ८ वटा रुमहरु छन्। ती रुमहरुमा १९ जना अटाउने क्षमता रहेको छ। होटलका दुई वटा एसी डिलक्क, दुई वटा एसी, दुई कुलर र चार वटा नर्मल कोठा रहेका छन् ।

tara-inn-nijagad-hotel-2पाँच सय देखि दुई हजार भाडा पर्ने कोठाका नाम यहाँका विभिन्न गाँउ र पर्यटकीय स्थलको नामाकरण गरिएको छ । रतनपुरी, भमरा, सिंगौल, अवतार सहित हलखोरिया, मोहरी, तारा लगायतका नामले नामाकरण गरिएको छ। पर्सा वन्य जन्तु आरक्ष मार्फत यहाँको पर्यटनको विकास गर्ने उद्देश्यले अहिले जंगल सफारी गराउनका लागि एक वटा सफारी जीपको समेत ब्यवस्था गर्न लागिएको संचालक लामाले बताए । निकट भविष्यमा बन्न लागेका दोस्रो अन्र्तराष्ट्रिय विमानस्थललाई मध्यनजर राखेर एयरपोर्ट होटलको रुपमा यसलाई विस्तार गर्दै लाने योजना रहेको लामाले सुनाए।

tara-inn-nijagad-hotel-3

प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।