Basanta Shresthaकाठमाडौ।चलचित्र विकास वोर्डको १६ औ बार्षिक उत्सवको अवसरमा २७ जना नेपाली चलचित्रका कलाकारहरुलाई सम्मान प्रदान गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र २७ जनालाई वितरण गरे ।

राष्ट्रिय चलचित्र पुरस्कार घोषणा कार्यक्रममा दयाहाङ राईले उत्कृष्ट अभिनेता र नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको सम्मान पाए। वरिष्ठ चलचित्रकर्मीको सम्मान पाउनेहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश, राजेश हमाल, बसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय र शिव श्रेष्ठ छन् । रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले पनि सम्मान पाएका छन्।

Sharnila Malla 1

करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझालाई मन्त्री राईले वरिष्ठ चलचित्रकर्मीको रुपमा सम्मान गरेका छन्। यसअघि १३ जनालाई वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गरिएको थियो। प्रकाशन मिति–२०७३ साल असार १६ गते विहीवार ।