काठमाडौं। चलचित्रको नाम नै फिंगरप्रिन्ट भएपछि यसले कतिको फिंगरप्रिन्ट लिने हो या होइन ? त्यो चाहिँ चलचित्र फिंगरप्रिन्ट यही फाल्गुन १० गते रिलिज भएपछि हेरेपछि नै थाहा हुने भएको छ। यस चलचित्रको रिलिज डेट फागन १० गते तोकिएको अग्रज पत्रकार सानुकाजी श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

श्रेष्ठका अनुसार चलचित्र फिंगरप्रिन्ट फागुण १० गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । हालै गीत र पोष्टर सार्वजनिक भएको चलचित्रमा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, सरिता लामिछाने, रमेश बुढाथोकी, शंकर आचार्य, रश्मि भट्ट आदि कलाकारको अभिनय रहेको छ।

नबिन निरौलाको लेखन निर्देशन रहेको छ । चलचित्रका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन भने सहायक निर्मातामा शंकर आचार्य र अनिल श्रेष्ठ रहेका छन् । अर्जुन पोख्रेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन गरेको छ भने यस चलचित्रलाई राहुल राईले खिचेका हुन् । चलचित्र कामना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो।
प्रकाशन मिति–२०७५ साल माघ २४ गते विहीवार ।