Ekalabya film 2काठमाडौ। अवि फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुति तथा सोनम थापा र राजन दुलालको निर्माण रहने चलचित्र ’एकलब्य’ को गीत रेकर्डिङ्ग कार्य शुरु भएको छ। राजेन्द्र बजगाँईको संगीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले स्वर दिएका छन्।

समसामयिक विषय वस्तुमा आधारित एक्शन, कमेडी चलचित्र ’एकलब्य’ को छायांकन यही साउन ३० गतेबाट उपत्यकाका विभिन्न स्थानबाट शुरु हुने जानकारी प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकीले दिएका छन्।

सोनम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाल आदि कलाकार रहने यस चलचित्रमा लेखन भोजराज देवकाटा, व्दन्व्द शंकर महर्जन, छायांकन कृष्ण श्रेष्ठ, निर्देशन अनमोल शर्माको गर्ने भएका छन्।

Ekalabya film 1प्रकाशन मिति–२०७४ साल साउन ९ गते सोमवार ।