Prem Geet 1काठमाडौ। नेपाल चलचित्र कलाकार संघले पहिलो पल्ट आयोजना गर्न लागेको फिल्म अवार्डको उत्कृष्ट मनोनयनको सूची सार्वजनिक गरिएको छ। संघलेका सार्वजनिक गरेको मनोनयन सूचीमा सवैभन्दा बढी विधामा चलचित्र प्रेमगीत परेको छ। कुल २४ विधामा प्रेमगीत उत्कृष्ट १५ विधामा मनोनित भएको छ।

Keki Adhikari

त्यसैगरी ‘प्रेमगीत’ पछि ‘क्लासिक’, ‘वडा नम्बर ६’ क्रमश: १०, ९ र ९ विधामा मनोनित भएका छन्। सार्वजनिक भएको सूचिमा दयाहाङ राई(कबड्डी कबड्डी), खगेन्द्र लामिछाने(पशुपति प्रसाद), प्रदिप खड्का(प्रेमगीत), आर्यन सिग्देल(क्लासिक) र सौगात मल्ल(फन्को) उत्कृष्ट अभिनेताको परेका छन भने अभिनेत्रीतर्फ केकी अधिकारी (भाग् सानी भाग), निता ढुंगाना (फूलै फूलको मौसम तिमीलाई), नम्रता श्रेष्ठ (क्लासिक), प्रियंका कार्की (फन्को) र रिश्ता बस्नेत (रिफ्यूजी) मनोनयनमा परेका छन। उत्कृष्ट फिल्मका लागि ‘कबड्डी कबड्डी’, ‘क्लासिक’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘ड्रिम्स’ले एकअर्कासँग प्रतिस्पर्दा गर्नेछन्।

सञ्चार सचिव दिनेश थपलियाको हातबाट ट्रफी अनावरण गर्दै नोमिनेशन सार्वजनिक गरिएको थियो । अवार्ड समारोह असार १८ गते काठमाडौंमा हुँदैछ। चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, एवं अर्का बरिष्ठ पत्रकार प्रकाश सुबेदी, निर्देशक लक्ष्मी नाथ शर्मा, कलाकार हरिहर शर्मा र संगीतकार सुरेश अधिकारी अवार्डका जुरी हुन्।
प्रकाशन मिति–२०७३ साल जेठ २९ गते शनिवार ।