काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो। अध्यक्ष खड्काको प्रतिस्पर्धी अभिनेत्री सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरेकी थिइन्। अध्यक्ष खड्का र लामिछानेको मतान्तरण ५७ रहेको छ।

उपाध्यक्ष पदमा रेजिना उप्रेतीले सर्वाधिक मत २ सय ४३ मत ल्याएर विजयी बनेकी छन्। अर्को उपाध्यक्ष पदमा रविन्द्र खड्का प्यानल वाहिरका पुराना अभिनेता तथा नेपालका प्रथम जादूगर सानु कुमार ताम्राकार विजयी बनेका छन्। सानु कुमार ताम्राकारले १ सय ७५ मत ल्याएर विजयी भएका थिए।

महासचिव पदमा चेतबहादुर सिंहले १ सय ८७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १ सय ५६ मत ल्याएका थिए। सचिव पदमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १ सय ६९ मत ल्याइन्।

सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २ सय २० मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए। सदस्यहरु सवै रविन्द्र खड्का प्यानलकै जित भएका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ २५ गते शनिवार ।