काठमाडौं। बेलायतवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्र बेलायतको चलचित्र सेन्सर बोर्ड (BBFC)वाट १२ ए (12 A) को सर्टिफिकेट पाएको छ। हाल प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र कैदीको पत्रले १२ ए (12A) सर्टिफिकेट प्राप्त गरेको हो।

पहिला बेलायत र त्यसको लगतै नेपालमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र कैदीको पत्रले बेलायतमा १२ ए को सर्टिफिकेट पाएकोमा यस चलचित्रका निर्माता समेत रहेका चलचित्र पासवर्ड, हेल्लो जिन्दगी लगायतका सफल चलचित्रका नायक विक्रम दि जोशीले खुशी व्यक्त गरेका छन्। नायक जोशीले चलचित्र कैदीको पत्र अत्यन्त राम्रो चलचित्र बनेको तथा दर्शकले फरक टेष्ट पाउने निश्चित भएको प्रतिक्रिया व्यक्त गरेका छन्। जसको कारण यस चलचित्र कैदीको पत्रले सफलता पाउने विश्वास पनि  जोशीले व्यक्त गरेका छन्।

बेलायतमा अत्यन्त चर्चित नेपाली साहित्यकार ईश्वर मानन्धरको अमरकृति कैदीको पत्रमा आधारित चलचित्र कैदीको पत्रमा नायक जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशी पनि निर्माता छन्। सनमकुमार बैरागको निर्देशन रहेको यस चलचित्रले इन्टरनेशनल पहिचान राख्ने कार्यमा पनि अग्रता लिने विश्वास नायक जोशीले व्यक्त गरेका छन्। निर्देशक सनमकुमार बैरागले निर्देशन गर्ने आगामी चलचित्रमा अभिनय गर्ने आफ्नो चाहना रहेको पनि  नायक जोशीले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल साउन १४ गते शनिवार ।