काठमाडौ। क्रान्तिकारी जुझारु चलचित्र निर्माता तथा निर्देशक नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालले नवनियुक्त चलचित्र विकास वोर्डकी अध्यक्षलाई बधाई तथा ज्ञापन पत्र बुझाएको छ। नवनियुक्त चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिंदै चलचित्र निर्माता संघ नेपालले ज्ञापन–पत्र पनि बुझाएको हो।

ज्ञापन पत्रमा विशेषत राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्नुपर्ने, बक्स अफिस अभिलम्ब लागू गर्नु पर्ने र निर्माताले स्वतन्त्र रुपमा व्यापार गर्न पाउने अधिकार माथि अंकुश लाउने कुरा तुरुन्त बन्द गर्नुपर्ने माग उल्लेख गरिएको छ। ज्ञापन पत्रको जवाफमा अध्यक्ष निकिता पौडेलले आगामी बैशाखसम्म इ–टिकट सम्पूर्ण हलमा लागू गरिसक्ने, आउने आर्थिक बर्षको असारमसान्त पछि बक्स अफिस लागू हुने र चलचित्र दर्ता गर्दा कुनै पनि संघ संस्थाको अब उप्रान्त सिफारिस नचाहिने प्रतिबद्धता जाहेर गरेकी छन्।

बधाई तथा शुभकामना दिन तथा ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा लय सङग्रौला, उदय सुब्बा, किसान पोख्रोल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम, शिवम् अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ सहितको टोली बिकास बोर्डमा पुगेका हुन्।


प्रकाशन मिति–२०७४ साल माघ ११ गते विहीवार ।