काठमाडौ। नयाँ नेपाली चलचित्र दीपज्योतिको शुभमुहर्त कार्य सम्पन्न भएको छ। काठमाडौमा शनिबार आयोजित कार्यक्रममा नेपालका उद्योग राज्यमन्त्री मेघराज नेपाली (निषाद)ले दीप प्रज्वलन गरेर चलचित्रको शुभारम्भ गरका थिए । मिरा बाँनियाक्षेत्री खड्काले क्यामराको स्वीचअन,चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्लाप र दीपेन्द्र कोइरालाले नरिवल फुटाएका थिए भने मुर्हत सटको निर्देशन निर्देशक राजु अर्यालले गरेका थिए।

Deep Jyoti
दीपज्योतिको शुभसाइतमा क्लाँप पडकाउंदै चलचित्र विकास बोर्ड सदस्य उत्तम केसी

कलाकार प्रमोद दीप, दीपेन्द्र कोइराला, प्रज्ज्वल गिरी ,कसिस दाहालले मुर्हत सटमा अभिनय गरेका थिए । एनपि फिल्मस् प्रोडक्सनको छैटौ प्रस्तुतिमा अनिस कुमार मैनाली प्रस्तुतकर्ता रहेको चलचित्र ‘दीपज्योतिमा निर्माता दीपेन्द्र कोईराला, मिरा बाँनीयाक्षेत्री खड्का, सहनिर्माता बसरुदिन अन्सारी रहेका छन् ।

त्रिकोणत्मक प्रेमकथामा आधारित चलचित्र ‘दीपज्योति’ले सडक बालबालिकाले पनि देश र समाजका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्न सक्छन् भन्ने बिषय कथामा उठाउन खोजेको निर्माण पक्षले भनेको छ। निर्देशन राजु अर्यालले गर्ने भएका छन्। चलचित्र दीपज्योतिको छायाँकन यही साउन ५ गतेवाट हुने भनिएको छ। ।
प्रकाशन मिति–२०७३ साल साउन २ गते आइतवार ।