काठमाडौं। नेपालभाषा चलचित्र क्षेत्रका ख्यातिप्राप्त चलचित्र निर्माता तथा अभिनेता रामकृष्ण धिनाःको दुःखद निधन भएको छ।

निर्देशक पवन जोशीका अनुसार, कीर्तिपुरका नामी योग गुरु समेत रहेका चलचित्र निर्माता रामकृष्ण धिनाःको त्रिभुवन विश्वविद्यालय गान्धी भवनमा योग सिकाउने क्रममा मंगलवार एकाएक सञ्चो नभएपछि बयोधा अस्पताल ल्याउने क्रममा दुःखद निधन भएको हो।

स्वर्गवासी चलचित्र निर्माता धिनाःले दर्जनौ चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेका थिए। त्यस्तै, नेपालभाषाका सुपरहिट दुई चलचित्र बालाःमयजु र बसन्त ऋतुको निर्माता पनि रहेका धिनाः नेपालभाषा चलचित्र क्षेत्रको उत्थानको लागि अहोरात्र क्रियाशील चलचित्रकर्मीका रुपमा लिइने गरेको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र ३१ गते मंगलवार ।