काठमाडौ। चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको १९ बर्ष मनाएको छ। प्रत्येक बर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउंदै आएको हो।

चलचित्र पत्रकार संघ नेपाल काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जेठ ७ गतेको मितिलाई निश्चित गरेर चलचित्र पत्रकारिता दिवस मनाउदै आएको संघका महासचिव अनिल यादवले आफ्नो स्वागत भाषणमा बताए। संघका संस्थापक अध्यक्ष भरत शाक्यले चलचित्र पत्रकार संघको स्थापनाको बर्ष आफूहरुलाई अत्यन्त कठिनाइ भएको र अझैपनि चलचित्र पत्रकारिताले मेनस्ट्रीमको पत्रकारिता सरह मान्यता पाउन नसकेकोमा दुःखेसो व्यक्त गरे।

संघका निवर्तमान अध्यक्ष विदुर गिरि लगायतले शुभेच्छा मन्तव्य व्यक्त गरिएको चलचित्र पत्रकारिता दिवसको अवसरमा दुई चलचित्र पत्रकार दयाराम पाण्डये र ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान तथा अर्का दुई चलचित्र पत्रकार लक्ष्मण सुवेदी र सन्ध्या थापालाई यो बर्षको चलचित्र पत्रकारितावाट पुरस्कृत गरिएको छ। प्रोत्साहन चलचित्र पत्रकारिता पुरस्कार मनिष दाहाल अञ्जानलाई प्रदान गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ एशोसियट प्रदेश सदस्यमा निर्विरोध निर्वाचित अग्रज चलचित्र पत्रकार तथा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई संघको तर्फवाट शुभकामना तथा बधाई सहितको प्रमाण–पत्र समेत प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल जेठ ७ गते सोमवार ।