Chalchitra Patrakar Diwash 4काठमाडौ। प्रत्येक बर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउंदै आएको छ। यसै क्रममा चलचित्र पत्रकार संघले तीनजना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेर यो बर्षको चलचित्र पत्रकार दिवस मनाएको छ।

Chalchitra Patrakar Diwash 5नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा अढाई दशक अगाडिवाट निरन्तर चलचित्र पत्रकारिता गर्दैआएका चलचित्र पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको छ। अर्का दुई चलचित्र पत्रकार तुलसी गिरी भावुक र श्याम अर्याललाई चलचित्र चलचित्र पत्रकारिता पुरस्कार दिइएको छ।

Chalchitra Patrakar Diwash 1तीन दशक देखि चलचित्र तथा संगीत विषयमा कलम चलाउंदै आएका चलचित्र पत्रकार तुलसी गिरी भावुकले ढिल्लै भएपनि चलचित्र पुरस्कार पाउंदा आफूलाई अत्यन्त गर्व लागेको बताएका छन्। चलचित्र पत्रकारिता सम्मान पाएका चलचित्र पत्रकार डब्बु क्षेत्रीले निरन्तर चलचित्र पत्रकारितामा लागेको प्रतिफलका रुपमा यस सम्मानलाई लिएको बताएका छन्।

Chalchitra Patrakar Diwash 3चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट,नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई,चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायत भारी संख्यामा चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते शुक्रवार ।