नयाँ दिल्ली। कालो हरिण शिकार प्रकरणमा अदालतवाट सफाइ पाएसँगै बलिउडका ख्यातिप्राप्त अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त बनेका छन्।

निर्देशक अलि अब्बस जफरले निर्देशित यस चलचित्रमा सलमान व्यस्त बनेको हो। यो चलचित्रमा १० वर्ष पछि सलमान खान र अभिनेत्री प्रियंका चोपडाका साथमा काम गरेका छन्।

दुवैवीच यस चलचित्रमा बेजोड रोमान्स रहने भएको छ। यसअघि सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरिसकेका छन्।

यस चलचित्रको सुटिङ पूर्व कट्रीनाको नाम जोडिएपनि पछि प्रियंकालार्इ लिइएको हो। १८० करोड लगानीमा निर्माणाधिन चलचित्र ‘भारत’ दक्षिण कोरियाली चलचित्र ओट टु माइ फादरमा आधारित रहेको छ।


प्रकाशन मिति–२०७५ साल जेठ ६ गते आइतवार ।