Pramod Sharma 1काठमाडौ। नेपाली कालजयी गीतको इतिहासमा अजर–अमर गीतका संगीतकार हुतराज शर्मालाई विर्सन मिल्दैन। हुतराज शर्माले नेपाली गीत–संगीतमा बीसको दशकवाट नेपाली संगीत क्षेत्रमा सांगीतिक श्रीबृद्धि गर्नमा अत्यन्त योगदान दिएको इतिहासका पन्नाहरुमा नजिर भएर बसेको पाइन्छ। यिनै अजम्वरी गीतका स्रष्टा हुतराज शर्मा स्वर्गवास भएको धेरै बर्ष वितिसकेको छ।

Pramod Sharma 3यिनै संगीतकार हुतराज शर्माको पुस्तेनी गायकको रुपमा यतिखेर उनैको एकमात्र सुपुत्र प्रमोद शर्माले बाउको बिंडो थाम्ने प्रयास भएको छ। बाउ जस्तो पेशागत रुपमा नेपाली गीत–संगीतमा अग्रपंक्तिमा आउने कोशिशमा रहेका गायक प्रमोद शर्मा पिताको पदमार्गमा बेलायत बसेर पनि हिंड्ने कोशिशमा देखिन्छ।

बेलायतमा हुने अक्सर विभिन्न सांगीतिक कार्यक्रमहरुमा प्राय सहभागिता जनाउने कार्य उनीवाट भएको पाइन्छ। जतिसुकै कार्य व्यस्तता भएतापनि परदेशको भूमिमा नेपाली गीत–संगीतलाई प्रवद्र्धन गर्नमा हररात मेहनत गर्ने यिनै गायक प्रमोद शर्माले चलचित्र लुकामारीमा टाइटल गीत गाएका छन्। काठमाण्डुमा बोलको गीतमा पश्चिमा शैलीलाई पुट गर्दै बेग्लै ढंगवाट गीत गाउने प्रयास गायक शर्मावाट भएको छ।

Pramod Sharma 2नयाँ पुस्ताको चाहना तथा माग बमोजिम चलचित्र लुकामारीको टाइटल गीत गाएको बताउने शर्मालाई यस गीतमा गीतारमा आयुष कार्की तथा बेस गीतारमा संगीत कुसु र ड्रममा निकेश पुडासैनीले साथ दिएका छन्। चलचित्र लुकामारीमा सौगात मल्ल, सुरवीना कार्की, रिस्ता बस्नेत, बिक्रमसिंह थारु, कर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। निर्देशन श्रीराम दाहालले गरेका छन्।

5734

यही जुन महिनाको २४ तारिखका दिन रिलिज हुन गैरहेको यस चलचित्र लुकामारीको टाइटल गीतले गायक प्रमोद शर्माको गायनलाई अझ तिखार्ने अपेक्षा गरिएको छ। बेलायतमा पनि चाँडै रिलिज हुने क्रममा रहेको चलचित्र लुकामारीको बेलायतमा पनि प्रमोसन गर्ने र गराउने कार्यमा आफ्नो गीतले केही हदसम्म भएपनि सहयोग गर्ने जानकारी समेत उनले दिएका छन्। पिताको चाहना र इच्छा बमोजिमको गायक तथा संगीतकार बन्ने उदेश्य अनुरुप नै परदेशमा कोशिशमा रहेको बताउने उनले करिब एक दर्जन गीतमा आवाज दिइसकेका छन्।


प्रकाशन मिति–२०७३ साल जेठ ७ गते शुक्रबार ।