काठमाडौं। चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति ५१ बर्षको उमेरमा दुःखद निधन भएको छ। आइतवार राति करिब १०ः३० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै भट्टराईको निधन भइसकेको समाचार स्रोतले भनेको छ।

निधनको बारेमा कारण अस्पतालले नखुलाएतापनि भट्टराई निकट समाचार स्रोतका अनुसार हर्ट अटेकको कारण भट्टराईको निधन भएको हो। चलचित्र चिनोमा सुभद्रा अधिकारीको श्रीमानको छोटो तर, स्वभाविक अभिनयवाट करियर शुरु गरेका अभिनेता भट्टराई पुकार लगायत दर्जनौ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेर खारिएका थिए। भट्टराईले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण पनि गरेका थिए। जसवाट उनी सफल निर्मातामा पनि गनिएका थिए।

स्वभाविक अभिनय तथा सरल मिजासका भट्टराईलाई गत २०७५ साल चैत्र ४ गतेमात्र नेपाल सरकारले चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त गरेका थिए। भट्टराई चलचित्र विकास वोर्डमा नियुक्त भएका केही दिनपश्चात नै केही राम्रा कामको सुरुवात गरिसकेका थिए। निक्कै नै संभावना वोकेका चलचित्र विकास वोर्डका अध्यक्ष भट्टराईको अपत्यारिलो दुःखद निधनले चलचित्रकर्मी सवैको मनमा गहिरो चोट परेको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर ३० गते सोमवार ।