काठमाडौ। चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छन्। मंगलवार अध्यक्ष पौडेलले नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजिनामा पत्र बुझाएकी हुन्।

नेपाली कांग्रेस नेतृत्वको शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला चलचित्र विकास वोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त बनेकी थिइन्। दुई तिहाईको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार आएपछि देउवा सरकारवाट नियुक्त गरेकाहरुलाई बर्खास्त गर्ने क्रममा निकिता पौडेल पनि परेकी थिइन्। पछि सर्वोच्च अदालतको आदेश पश्चात गुमेको पद बचाएकी निकिता पौडेललाई चलचित्र विकास वोर्डमा कार्य गर्न भने सहज अवस्था भने थिएन्।

नभएतापनि वोर्डको अध्यक्ष भएर कार्य गर्दैआएकी निकिता पौडेलले न्यूज २४ टेलिभिजनका चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेसंग केही दिनअघि कोर्टम्यारिज गरेपछि चलचित्र विकास वोर्डवाट चाँडै नै राजिनामा दिने संकेत गर्दैआएकी थिइन्। सोही अनुरुप बुधवार देखि लागू हुने गरी मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको खुलासा स्वयम् निकिता पौडेलले गरेकी छन्।

निकिता पौडेल विसं. २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त बनेकी थिइन्। पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गरेकी छन्। प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार ।