काठमाडौ। जनपक्षिय चलचित्रकर्मी संघ नेपालका अध्यक्ष तथा अग्रज चलचित्र अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले अभिनेता भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो।

गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै खाली भएको नेपाल चलचित्र विकास वोर्डको अध्यक्ष पदमा अभिनेता भट्टराईको नियुक्तिसंगै वोर्डले अग्रता पाउने विश्वास गरिएको छ।

चलचित्र बुझेको र चलचित्रकै कलाकार तथा निर्माता नै चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त भएकोमा नेपाली चलचित्रकर्मीहरु अत्यन्त उत्साहित देखिएका छन्।

चलचित्र चिनोको नोटिसेबल अभिनयवाट चलचित्रको अभिनय यात्रा शुरु गरेका भट्टराईले सयौं चलचित्रमा स्वभाविक अभिनय गरेका छन्। दर्जनौ चलचित्रको सफल निर्माताको रुपमा पनि उनलाई चिनिने गरेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ८ गते शुक्रवार ।