काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो।

नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक राष्ट्रिय विभूति शंखधर सख्वाको नामवाट रत्नपार्कको नाम शंखधर उद्यान घोषणाको अलावा सोही शंखधर उद्यानमा शंखधर सख्वाको पूर्ण कदको सालिक स्थापना गरिएको छ। त्यसैगरेर, सोही उद्यानमा पंचायत कालमा बामपन्थी मसिहा नै मानिएका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको पनि पूर्णकदको सालिक स्थापना गरिएको छ।

दुवै सालिकको अनावरण शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एकसाथ गरेका छन्। दुवै सालिक करिब २० लाख रुपैयाँ लागतमा निर्माण भएको काठमाडौं महानगरपालिकाले जनाइएको छ। कलाकार महेश तुलाधरले दुवै सालिक निर्माण गरेका हुन् ।


प्रकाशन मिति–२०७७ साल मंसीर ७ गते आइतवार ।