Mr.David Shrestha-A Producer of Nepali Film Chadai Aau Hai.
Mr.David Shrestha-A Producer of Nepali Film Chadai Aau Hai.

काठमाडौ। गत बर्षको संकल्प सम्मान २०७२ बाट सम्मानित चलचित्रकर्मी डेविड श्रेष्ठले चलचित्र बनाएर पैसा कमाउनुको सट्टा उल्टो घाटा खाएको प्रतिक्रिया दिएका छन्। ६० लाखको लगानी लागेको चलचित्र चांडै आऊ है काठमाडौ र काठमाडौ बाहिर एकसाथ रिलिज गरेको महिनौ भैसक्दा पनि चलचित्र वितरक तथा हलबाट पैसा उठाउन नसकेको र आफूले पाउनुपर्ने पैसा पनि झुलाएर हैरान पारिरहेको गुनासो गरेका छन्।

Chadai Aau Hai-David Shrestha's Nepali Film
Chadai Aau Hai-David Shrestha’s Nepali Film

नयां चलचित्र निर्माताहरुलाई जहीवाट पनि ठग्ने र ठगिने बाताबरण चलचित्र क्षेत्रमा अझ धेरै रहेको टिप्पणी गर्ने चलचित्र निर्माता श्रेष्ठ यो क्षेत्रमा भुलेर पनि लगानी गर्ने पक्षमा छैनन्। एउटै चलचित्रमा जानी–नजानी लगानी गर्दा धेरै दुःख पाएको अनुभव व्यक्त गर्ने श्रेष्ठ सहकारी तथा फिटनेस व्यवसायी पनि हुन्। काठमाडौको न्यूरोड स्थित इनाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सचिव समेत रहेका श्रेष्ठ सहकारीको माध्यमबाट धेरैलाई सेवा दिन सकेकोमा गर्व गर्दछन्।

David Shrestha-A Hero of multi-talent.
David Shrestha-A Hero of multi-talent.

कतिले सहकारीलाई खासै बुझ्न नसकेको र यसको बास्तविक मर्मलाई नबुझिकन दूरुपयोग गर्ने गरेकोले सहकारीप्रति जनमानसको विश्वासमा कमी आइरहेको तथ्यलाई नकार्न नमिल्ने बताउने श्रेष्ठ त्यसको लागि सचेत बर्गले सहकारीको बागडोर हांक्नु अनिवार्य भैसकेको राय व्यक्त गर्छन्। सहकारीको कारण समाजमा धेरै सुधारात्मक कार्यहरु भएको र समाज विकासमा सहकारीको धेरै नै योगदान रहेको श्रेष्ठको तर्क रहेको छ।

Youngstar Mr. David Shrestha-Fit & fine.
Youngstar Mr. David Shrestha-Fit & fine.

अर्कोतर्फ मानिसहरुमा अति व्यस्तताको कारणले आफ्नो स्वास्थ्यमा सजगता अपनाउन कन्जुस गर्ने गरेको यथार्थता रहेको छ। सोही यथार्थतालाई मध्यनजर गरेर आफूले फिटनेस व्यवसायमा पनि हात हालेको बताएका छन्। काठमाडौको ढल्को शोभाभगवती लिंकरोडमा मर्निङ्गबेल नामक फिटनेस सेन्टर समेत संचालन गर्दैआएका श्रेष्ठ हरेक बिजी मानिसले आफ्नो स्वास्थलाई सदा तन्दूरुस्त बनाउन फिटनेस सेन्टर जानु आवश्यक रहेको भन्छन्।

David Shrestha's Fitness Center. Which is located at Dhalko Nayabazar link road opposit Newa Petrol Pump, Kathmandu.
David Shrestha’s Fitness Center. Which is located at Dhalko Nayabazar link road opposit Newa Petrol Pump, Kathmandu.

स्वस्थ बन्नका लागि नियमित फिटनेस गर्नुआवश्यक रहेको धारणा राख्ने श्रेष्ठ कसैलाई थाहै नदिइकन चुपचाप समाज सेवा गर्दैआएका समाज सेवी पनि भएकोले संकल्प विकास केन्द्र नेपालले श्रेष्ठलाई यो बर्षको संकल्प सम्मान प्रदान गरेको हो। विपन्न तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ विभिन्न निकाय मार्फत सहयोग गर्ने र उनीहरुको उचित लालन–पालन एवम् शिक्षादिक्षामा विशेष भूमिका निर्वाह गर्ने कार्य गर्दैआएका श्रेष्ठ सवैमा सफल भएतापनि चलचित्र क्षेत्रमा असफल भएकोमा भने अत्यन्त दुःखी देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २० गते शनिवार । नेपाल संवत ११३७ कछला खस्ति ।