नयाँ दिल्ली। भारतको विहार प्रदेशका अत्यन्त लोकप्रिय तथा चर्चित मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।

सन् १९९१ देखि १९९४ सम्म देवघर राज्यकोषको ८५ लाख भारतीय रुपैया हिनामिना गरेको आरोप उनीमाथि लागेको थियो। अदालतले जनवरी ३ तारिखमा सजाय तोक्ने बीबीसीले जनाएको छ।

आफ्‍ना कान्छा छोरा र पूर्वउपमुख्यमन्त्री तेजस्बी यादवसँगै शनिबार बिहान उनी अदालतमा सहभागी भएका थिए। त्यसबेला उनले आफ्ना समर्थकलाई शान्त रहन अपिल गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार यो घोटालामा लालुसँगै १५ जनालाई दोषी करार गरिएको छ।
प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।